तपाईँ सुन्दै हुनुहुन्छः

खैरो हिरोइनसहित दुई युवती पक्राउ

कैलाली । कैलालीको टीकापुरबाट प्रहरीले लागुऔषध खैरो हेरोइन सहित २ युवतीलाई पक्राउ गरेको  छ ।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका वडा नम्बर ७ कालाकुण्डाबाट सोही वडाको वैदीका २४ वर्षिया दिलु पाण्डे र १६ वर्षिया राधा पाण्डेलाई पक्राउ गरेको हो ।
आज दिउँसो साँढे ४ बजेतिर पक्राउ परेका उनीहरूको साथबाट करिब ९.९५० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो । उनीहरूलाई म्याद थप गरी अनुसन्धान गरिने नायव उपरीक्षक न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button