तपाईँ सुन्दै हुनुहुन्छः

सेवा प्रवाह विश्वसनीय र गुणस्तरीय बनाउनुपर्नेमा मन्त्री गुरुङको जोड

File Photo

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोभिड सङ्कट समाधानमा केन्द्रित भएर दूरसञ्चार सेवा प्रवाहको कामलाई व्यवस्थित बनाउन सरोकार पक्षलाई आग्रह गर्नुभएको छ ।

‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आज आयोजना गरेको भर्चुअल बैठकमा उहाँले  कोभिड सङ्कट समाधानका लागि सञ्चार तथा सूचना प्रविधि क्षेत्रको सेवा प्रवाह  भरपर्दो, जिम्मेवार, विश्वसनीय र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस अवसरमा कोभिडबाट आफू सुरक्षित भएर दूरसञ्चार सेवा प्रवाहको काममा प्रतिबद्ध भइलाग्न पनि यस क्षेत्रमा कार्यरत व्यक्ति तथा संघसंस्थालाई मन्त्री गुरुङले आह्वान गर्नुभयो ।
सरकारका प्रवक्ता समेत रहनुभएका गुरुङले दूरसञ्चार क्षेत्रले भोग्नुपरेका चुनौती सामना गर्ने गरी नेपालमा प्रभावकारी सेवा प्रवाहलाई अघि बढाउने गरी सोच, सङ्कल्प र योजना बनाएको मन्त्री गुरुङले जानकारी दिनुभयो । उहाँले दूरसञ्चार सेवासहितको सूचना र प्रविधिको विकास गरी मुलुकलाई समृद्ध बनाउन सरकारले नीति, ऐन, कानुन तर्जुमा गरेको जनाउँदै त्यसलाई आवश्यकताअनुसार परिमार्जन गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललगायतले कोभिड सङ्कट समाधान हुने गरी दूरसञ्चार क्षेत्रको सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button