तपाईँ सुन्दै हुनुहुन्छः

जीप दुर्घटना, दुईको मृत्यु

जुम्ला। दैलेखमा जीप दुर्घटना हुँदा जुम्लाका दुई जनाको मृत्यु भएको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दुल्लु नगरपालिका–३, स्थित स्याला भन्ने ठाउँमा  जिप दुर्घटना हुँदा मङ्गलवार बिहान घटनास्थलमै दुई जनाको मृत्यु भएको हो ।

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा २० च ७१५ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।जीप दुर्घटनामा परि ज्यान गुमाउनेमा जुम्लाको गुठिचौर गाउँपालिका ४ का ३८ वर्षीय जिप चालक रामहरि न्यौपाने र सोही ठाउँकी २७ वर्षीय राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी अनुप श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button