तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य निरन्तर उकालो

काठमाडौं । केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९२ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो । सोमबार पनि सुनको मूल्य तोलामा तीन सय मात्र बढेको थियो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १३९० पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button