तपाईँ सुन्दै हुनुहुन्छः

अस्पतालका बिरामी, कुरुवालाई निःशुल्क खाना खुवाउँदै ग्रीनसिटी

भैरहवा। अस्पतालका बिरामी र कुरुवाहरुलाई भैरहवामा क्रियाशील लायन्स क्लबले निःशुल्क खाना खुवाउन थालेको छ ।लायन्स क्लब अफ भैरहवा ग्रिनसीटिको आयोजनामा भैरहवा मेडिकल कलेजमा नवौँ दिन सम्म निःशुल्क खाना खुवाइएको क्लबका अध्यक्ष शिवनाथ गुप्ताले बताउनुभयो ।

मेडिकल कलेजको परिसरमा बिरामी तथा कुरुवाहरुलाई प्याकिङ गरिएको खाना ग्रिनसीटिका सम्पूर्ण सदस्यहरूको क्रियाशिलतामा खुवाइएको छ । टाढाबाट आउने बिरामीहरूलाई थप समस्या नहोस् भन्ने हेतुले क्लबले गत हप्ताबाट निःशुल्क खाना खुवाउने कामको सुरुवात गरेको क्लबका अध्यक्ष शिवनाथ गुप्ता बताउनुहुन्छ ।

हाल सम्म हामीले १७।१८ सय जना बिरामी र कुरुवाहरुलाई खाना खुवाएका छौँ । कार्यक्रम संयोजक सङ्गीता सिंह जिसी, सचिव भीम बहादुर थापाको समेतको ठुलो सहयोगमा काम भएको छ । अध्यक्ष गुप्ताले भन्नुभयो, अध्यक्ष त स्वयं भइहाल्छ, दुई जना मुख्य पात्र हुनुहुन्छ उहाँहरू मेरो दायाँ बायाँ हात जस्तै हुनुहुन्छ ।
कार्यक्रम संयोजक संगितासिंह जिसीले अहिले नवौँ दिन सम्म निःशुल्क खाना खुवाएको बताउनुभयो ।

टाढा टाढाबाट आएका बिरामीहरूले लाभ लिनुभएको छ, पहाडबाट आएका बिरामी बिरामीका कुरुवाहरु तथा स्थानीयलाई समेत समस्या नहोस् भनेर खाना वितरण कार्यक्रम सुरुवात गरिएको हो । सबैको उत्साह र सहयोग आएको हुनाले अझ कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य लिएका छौँ कार्यक्रम संयोजक संगितासिंह जिसीले भन्नुभयो ।

विगत ९ दिन देखि कोभिडको महामारीमा निःशुल्क खाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिरामी र बिरामीका कुरुवालाई वितरण गरिएको लायन्स क्लब अफ भैरहवा ग्रिनसीटिका सचिव भीम बहादुर थापाले बताउनुभयो ।मेडिकल कलेज नजिकै साला भेना रेस्टुरेन्टमा खाना पकाउने जिम्मेवारी दिएर स्वास्थ्य माप दण्ड अपनाएर दाल, भात, तरकारी तयार गरेको प्याकेट बिरामी र कुरुवाहरुलाई निःशुल्करुपमा वितरण गर्ने गरेका छौँ थापाले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button