तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा मङ्गलवार दुई सङ्क्रमितको मृत्यु

बागलुङ। बागलुङमा मङ्गलवार दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । धौलागिरि अस्पतालको सघन उपचार कक्षमा उपचार गराई रहेका एक महिला र अर्का एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

जिल्लाको काठेखोला गाउँपालिका–८ का ७९ वर्षीय पुरुषको मङ्गलवार बिहान तीन बजे मृत्यु भएको हो । त्यस्तै वडिगाड गाउँपालिका–४ की ७७ बर्षिया महिलाको पनि बिहानै मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

उहाँहरू होम आइसोलेसनमा बस्दै गर्दा स्वास्थ्यमा गम्भीर समस्या आएपछि मात्र अस्पताल आएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button