तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमितको शब व्यवस्थापन स्वास्थ्यकर्मी नै गर्छन्

कपिलवस्तु। जिल्लाको शिवराज नगरपालिकामा कोरोना भाइरस कोभिड १९ को नयाँ भेरियन्टले नगरपालिकामा १७ जनाको निधन भएको छ । नगरले सञ्चालन गरेको आधारभूत स्वास्थ्य सेवा अस्पतालमा ४ जना कोरोना सङ्क्रमितको निधन भएको छ । आइसोलेसनमा निधन भएका सक्रमितको शव स्वास्थ्यकर्मीले नै व्यवस्थापन गर्दै आएका छन् ।

नगरपालिकाले शिवराज आधारभूत स्वास्थ्य सेवा अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेसन सञ्चालन गरेको हाे । आइसोलेसनमा भर्ना भएका संक्रमित मध्ये ४ जनाको उपचारका क्रममा आइसोलेसनमा नै निधन भएको छ । आइसोलेसनमा निधन भएका व्यक्तिहरूको शव व्यवस्थापन नेपाली सेनाले गर्ने भए पनि शिवराज नगरपालिकामा भने स्वास्थ्य कर्मीले नै शव व्यवस्थापन गर्दै आइरहेका छन् । सुरुमा २ वटा शवको व्यवस्थापन नेपाली सेनाले गरेको हो । तर त्यसपछि निधन भएका सङ्क्रमितको शव भने स्वास्थ्य कर्मीले नै व्यवस्थापन गरेको शिवराज स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराइले बताउनुभयो । निधन भएको सङ्क्रमितलाई लामो समय आइसोलेसनमा राख्न नसकिने र नेपाली सेनालाई खबर गर्दा ढिलो हुने भएकाले स्वास्थ्य कर्मि आफैले शव व्यवस्थापन गर्नु परेको भट्टराइले बताउनुभयो ।

कोरोना संक्रमण भएर निधन भएकाको शव आफन्तले पनि नछुने नेपाली सेनाको लागि पनि लामो प्रक्रिया लाग्ने हुँदा आफु र सङैका नर्सहरूको सहयोगले शव र्यापिङ्ग गर्ने ,शव वाहनमा लोड गर्ने अन्तेष्ठि गर्ने ठाउँमा लागेर व्यवस्थापन समेत आफैले गर्नु परेको आइशोलेनमा रहेका अहेब प्रमोद पौडेलले बताउनुभयो । शव व्यवस्थापनमा अहेब बसन्त देवकोटा ,नर्सहरु कल्पना वि.क,सिन्धु जि.सी,सर्जिला पुन सक्रियता रहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताउनुभयो ।

आफन्त समेत शव व्यवस्थापनका लागि अघि नसरेको समयमा स्वास्थ्य कर्मीले जोखिम उठाएर व्यवस्थापनमा लाग्नु निकै सराहनीय काम भएको नगर प्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । नागरिकको स्वास्थ्य सुरक्षाका लागी आफ्नो परिवारबाट टाढा भई सङ्क्रमितको उपचार खट्ने सबै स्वास्थ्यकर्मीलाई सबै नागरिकले हौसला प्रदान गर्नु पर्ने उहाँले बताउनुभयो । नगरपालिकामा हाल सम्म विभिन्न स्थानमा उपचारका क्रम कुल १७ जनाको कोरोनाबाट निधन भएको शिवराज स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button