तपाईँ सुन्दै हुनुहुन्छः

दमकमा कोरोना सङ्क्रमणका कारण आज मात्र दुई जनाको मृत्यु

झापा । झापाको दमक नगरपालिकामा एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

यो सँगै दमकमा आज बिहान मात्रै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ । बिर्तामोडको बिर्तासिटी अस्पतालमा दमक ८ की ६२ वर्षीय महिलाको आज बिहान मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक बद्री बरालले जानकारी दिनुभयो ।

केही दिन अघि उनकी आमाको पनि कोरोना सङ्क्रमणबाट नै मृत्यु भएको जनाइएको छ । दमकमा एकै परिवारका दुही जनाको कोरोना सङ्क्रमणबाट निधन भएको यो पहिलो घटना हो । आमा ८४ बर्षिया रहेकी थिइन् ।यस्तै आज बिहानै लाइफलाइन अस्पतालमा दमक ५ की ३५ बर्षिया महिलाको पनि मृत्यु भएको थियो । यो सँगै दोस्रो भेरियन्टको कोरोना सङ्क्रमणबाट दमकमा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button