तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची बजार क्षेत्रमा सिल

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मेलम्ची बजार लगायत आसपासका क्षेत्रलाई सिल गरिएको हो।

कोरोना भाइरसको दोस्रो लहरबाट मेलम्ची नगरपालिका वडा नं ११ निवासी ७६ वर्षीय एक पुरुषको जेठ ३ गते मृत्यु भएपछि नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरू सिल गरिएको नगरपालिकाकी उपप्रमुख भगवती नेपालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

नगरपालिकाको विभिन्न क्षेत्रमा जेठ ८ गते राति १२ः०० बजेसम्म सिल गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ।मेलम्ची नगरपालिकाको मेलम्ची ११ डुडेखोलादेखि सोही वडाको फट्टेपुलसम्म, मेलम्ची ११ टार शेराफाँट बाटो क्षेत्रभित्र, मेलम्ची ११ दोभानटार बगैँचा क्षेत्रभित्र, मेलम्ची ११ बिसौना क्षेत्रभित्र र मेलम्ची बजारदेखि मेलम्ची १० को सुकौरा खोल्सा क्षेत्र सिल गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै नगरपालिकाले निषेधाज्ञाको अवज्ञा गर्दै जथाभाबी नहिँड्नसमेत आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button