तपाईँ सुन्दै हुनुहुन्छः

हत्या गरिएको अवस्थामा दुई बालकको शब फेला


बारा ।बाराको कलैयामा दुई जना बालकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शब फेला परेको छ ।

जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रङ्गपुर निवासी दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो ।सोही वडा निवासी अब्दुल गफार अन्सारीका दुई जना छोरा करिब ५ वर्षीय छोरा अमन अन्सारी र करिब ८ वर्षीय उस्मान अन्सारीको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाइएको छ । ती बालकहरूको शव आज बिहान मदर्शा टोलमा भेटिएको हो ।

सोमवार साँझ खेल्न भनेर घरबाट निस्किएका दुई बालक हिजो देखि नै सम्पर्क विहीन भएका थिए ।बारा प्रहरीले दुवै जना बालकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा पठाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button