तपाईँ सुन्दै हुनुहुन्छः

इन्द्रावती गाउँपालिका द्वारा क्रसर अनुगमन मापदण्ड विपरीत सञ्चालित २ क्रसर कारबार्हिमा

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले आफ्नो क्षेत्र भित्र सञ्चालित क्रसर उद्योगहरूको अनुगमन गरेको छ । अवैध रुपमा उत्खनन भइरहेको भन्ने स्थानीयको व्यापक जनगुनासो र खोलाको धारनै परिवर्तन हुनेगरि उत्खनन गरेको पाइएपछि अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।

अनुगमनका क्रममा गाउँपालिकाले तोकेको अधिकतम २ मिटर भन्दा पनि गहिराइमा उत्खनन गर्ने २ वटा स्काभेटरलाई नियन्त्रणमा लिएको गाउँपालिकाका इन्जिनियर राजाराम घोरसैनिले जानकारी दिनुभयो ।उत्खननका लागि अनुमति पाएका गाउँपालिका भित्रका ५ वटा क्रसरहरू मध्ये अवैध उत्खनन गरिरहेका थ्रीजि क्रसर उद्योग र लजदेवि स्टोन प्रालिको स्काभेटर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । २ वटा स्काभेटर लाई आवश्यक कारबार्हिको लागि प्रक्रिया अगाडि बढाइने इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सञ्जिब योन्जनले बताउनुभयो ।

गाउँपालिकाको यो नियमित अनुगमन नै हो । यसभन्दा अघि पनि गाउँपालिकाले पटक पटक अनुगमन गरी अवैध रुपमा उत्खनन नगर्न निर्देशन दिँदै आएको थियो । क्रसरको लागि छुट्टाइएको एरिया भन्दा पनि बाहिर र मापदण्ड भन्दा विपरीत सञ्चालित क्रसरलाई आवश्यकता अनुसार कारबार्हि गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण पौडेलले जानकारी दिनुभयो ।

क्रसरहरू मापदण्ड विपरीत सञ्चालित भएपछि मेलम्ची नगरपालिकाले आफ्ना क्षेत्रका क्रसरहरूलाई उत्खनन कार्यमानै रोक लगाएको छ । यस्तै इन्द्रावतीमा सञ्चालित क्रसरहरूले गर्दा यहाँका वातावरणमा समेत नकारात्मक प्रभाव परेको स्थानीयहरूले गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button