तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना फैलिन थाले पछि वडा प्रवेशमा रोक 

तनहुँ । तनहुँको घिरिङ्ग गाउँपालिका १ बैडीमा कोभिड–१९ को संक्रमण फैलिएपछि वडा प्रवेशमा रोक लगाइएको छ । वडाध्यक्ष गङ्गा कुमालले विज्ञप्ति जारी गर्दै बैडी क्षेत्रमा कोरोनाका संक्रमित बढी भएको र कोरोनासँग मिल्दो लक्षण भएकाहरू अत्यधिक भएकाले वडा प्रवेशमा रोक लगाउने निर्णय गरिएको जानकारी दिनुभयो ।
वडाध्यक्ष कुमालले बैडी क्षेत्रमा सोमबार गरिएका पीसीआर परीक्षणमा चार जनाको रिपोर्ट पोजेटिभ आएको बनाउनुभयो । यस्तै केही दिन अघि सोही वडाका ६ जना मध्ये ३ जनामा पनि संक्रमण पुष्टि भएको गाउँपालिकाका सूचना अधिकारी ध्रुवराज लामिछानेले बताउनुभयो । उहाँका अनुसार सिमाना जोडिएको देउरालीमा पनि १९ जना स्थानीयमा एकै पटक संक्रमण पुष्टि भएको छ ।
वडा कार्यालयले शङ्कास्पद लक्षण देखिएमा वडा कार्यालय वा जनप्रनिधिहरुलाई सम्पर्क गरी स्वाब परीक्षण गर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button