तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा विश्वविद्यालय स्वास्थ्य तथा विज्ञान संकायको डिनमा नागिला नियुक्त

तनहुँ । पोखरा विश्वविद्यालयका स्वास्थ्य तथा विज्ञान संकायको डिनमा तनहुँका डा. अमर नागिला नियुक्त हुनुभएको छ । जिल्लाको व्यास नगरपालिका ६ शिशाघाट निवासी डा. नागिलालाई विश्वविद्यालयको सोमबार बसेको कार्यकारी परिषद्ले नियुक्ति गर्ने निर्णय गरेको हो ।
उहाँले  आज मङ्गलवारबाट कार्यभार समेत सम्हाल्नुभएको छ । नागिलाले विगत लामो समयदेखि पोखरामा स्वास्थ्य विज्ञान सङ्कायमा प्राध्यापन गर्दै आउनु भएको थियो । कार्यभार सम्हाल्दै उहाँले अबको डेढ वर्षभित्रमा दुई सय बेड क्षमताको पोखरा विश्वविद्यालय शिक्षण अस्पताल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्वास्थ्य विज्ञका रुपमा परिचित डा. नागिला हाल पोखरामा बस्नुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button