तपाईँ सुन्दै हुनुहुन्छः

सांसद बोगटीको पहलमा अछाममा अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री

अछाम । प्रतिनिधि सभाका सदस्य तथा अछाम निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटीले कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेका बेला कोरोना सङ्क्रमितको उपचारमा सहज होस भन्ने उद्देश्यका साथ जिल्ला स्वास्थ्य कार्यालय अछामलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय अछामलाई स्वास्थ्य विभाग मार्फत सांसद बोगटीले अक्सिजन सिलिन्डर लगायतका अन्य स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराइएको सांसद बोगटीले बताउनुभयो । कोरोना सङ्क्रमितको उपचार गर्न समस्या नहोस् भनेर आफूले स्वास्थ्य सामाग्री पठाएको सांसद बोगटीको भनाई छ ।
समस्याका बाबजुद पनि अहिले थोरै भए पनि सामाग्री पठाएको भन्दै बोगटीले अछामी जनतालाई यस महामारीबाट जोगाउनका लागि आफै खटिरहेको बताउनुभयो । जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै आफु केन्द्रमा अहोरात्र रुपमा लागिपरेको बताउँदै उहाँले यस महामारीमा स्वास्थ्यका मापदण्ड अपनाउन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button