तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा मङ्गलवार १३० जना सङ्क्रमित थपिदा, ११७ जना डिस्चार्ज

पाल्पा । पाल्पामा मङ्गलवार थप १ सय ३० जना कोरोना सङ्क्रमित थपिएका छन् । भने थप ११७ जना निको भएका छन् ।
संक्रमित हुनेहरूमा ७७ जना पुरुष र ५३ जना महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
विभिन्न प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा आएको नतिजासँगै पाल्पामा थप १ सय ३० जना कोरोना सङ्क्रमित भएका हुन । भने थप ११७ जना निको भएका छन् । जिल्लामा हाल १ हजार ५ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् ।
जिल्लामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ६८ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button