तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको सङ्क्रमणका कारण कञ्चनपुरमा थप तीन जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महाकाली अस्पतालमा कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भीमदत्त नगरपालिका– १८ का ८० वर्षीया पुरुष, भीमदत्त नगरपालिका– ५ का ६५ वर्षीया महिला र भीमदत्त नगरपालिका–८ का ७५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी नारद प्रसाद भट्टले बताउनुभयो ।
त्यसै गरी आज महाकाली अस्पतालबाट  थप ६ जनाले कोरोना जितेर घर फर्किएका र ८३ जना उपचाररत रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै महाकाली अस्पतालमा ८८ जनामा गरिएको पिसिआर परीक्षणमा थप ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि  भएको  छ भने १४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६ जनाको नतिजा पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button