तपाईँ सुन्दै हुनुहुन्छः

गड्डाचौकी नाकामा निर्माण गरिएको अस्थायी होल्डिङ सेन्टर सञ्चालनमा 

कञ्चनपुर । भारतबाट आउने नेपालीहरूका लागि गड्डाचौकी नाकामा निर्माण गरिएको एक हजार जना बस्न मिल्ने व्यवस्थित अस्थायी होल्डिङ क्वारेनटाइन सञ्चालनमा आएको छ ।
सुदूरपश्चिमका  ९ वटै जिल्ला र अन्य जिल्लाका लागि गरी छुट्टाछुट्टै  रुपमा नै व्यवस्थित गरी निर्माण गरिएको होल्डिङ्ग क्वारेनटाइन आजदेखि सञ्चालन गरिएको हो ।
भीमदत्त नगरपालिका, निड्स नेपाल र श्रीदल गण भगतपुरको सहकार्यमा होल्डिङ्ग क्वारेनटाइन निर्माण गरिएको हो ।
वैशाख २० गतेदेखि निर्माण कार्य सुरु गरिएता पनि दुवै पटक हावाहुरीका कारण क्षति हुन पुगेको थियो । अहिले अस्थायी रुपमा व्यवस्थित तरिकाले निर्माण गरिएको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताउनुभयो ।
श्रीदल गण भगतपुरका सेनानी प्रतीक कार्कीका अनुसार भीमदत्त नगरपालिकाले ग्राभेल, बाँस, तथा निड्स नेपालले त्रिपाल, कुर्सी, खानेपानी, शौचालय लगायतका अन्य निर्माण सामग्री सहयोग गरेको छ ।
गड्डाचौकी नाका भएर भित्रिने नेपालीहरूका लागि नाकामै स्वास्थ्य परीक्षणको व्यवस्था भीमदत्त नगरपालिकाले मिलाएको छ ।
नाकामै हेल्थ डेस्क स्थापना गरेर एन्टिजेन विधिबाट परीक्षण सम्बन्धित स्थानमा पठाउने गरिएको छ ।
एन्टिजेन पोजेटिभ आएकाहरूलाई आइसिएचको भवनमा राख्न गरी तयारी गरिएको छ ।
मौसम प्रतिकुलताले होल्डिङ्ग निर्माणमा ढिलाइ भएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।
उहाँले स्थायी प्रकृतिको होल्डिङ्ग सेन्टर निर्माणको योजनामा नगरपालिका लागेको बताउनुभयो ।
हाल गड्डाचौकी नाकाबाट दैनिक १ देखि २ सय जना नेपालीहरू भित्रिने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button