तपाईँ सुन्दै हुनुहुन्छः

मोरङमा एक महिलाको घाँटी रेटी हत्या 

सुनसरी । मोरङको रङ्गेलीमा एक महिलाको घाँटी रेटेर हत्या भएको छ ।
मोरङको रङ्गेली नगरपालिका–३ तिलुवा चौक नजिके नहरमा आज बिहान बीभत्स अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोरङ प्रहरीका अनुसार रङ्गेली–३ का बेचन यादवकी २४ वर्षीया श्रीमती अनिता यादवको शव फेला परेको हो ।
हत्या बारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button