तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

मेलम्ची । समाजसेवी तथा युवा व्यवसायी मनिषराज पाण्डेले मेलम्ची नगरपालिकालाई आज विभिन्न स्वास्थ्य सामग्रीहरु प्रदान गर्नु भएको छ  ।
कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै मेलम्ची नगरपालिमा पनि संक्रमितहरु थपिँदै गएको अवस्थामा पाण्डेले नगरपालिकालाई एक सय लिटर स्यानिटाइजर, ३५ हजार पिस सार्जिकल मास्क र २० थान पिपिई सेट नगरपालिकाका प्रमुख डम्बर अर्याललाई आज हस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्य सामग्री उपलब्ध गराई नगरपालिकालाई सहयोग पुर्‍याएकोमा नगरप्रमुख अर्यालले खुसी व्यक्त गर्दै पाण्डेलाई धन्यवाद दिनुभयो ।
उहाँले मेलम्ची नगरपालिकामा पनि कोरोना संक्रमण बढ्दै गएकाले केही स्थानहरू सिल गरिएको बताउनुहुँदै आफ्ना नागरिकहरूलाई स्वास्थ्य सतर्कता अपनाउँदै कोरोना परास्त पार्न सहयोग गरिदिन नगर बासीहरूमा अनुरोध पनि गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button