तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा उपनिर्वाचन : कोरोना सङ्क्रमितलाई छुट्टै मतदान गर्ने व्यवस्था

मकवानपुर । वाग्मती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा बिहीबार हुने मतदानमा कोरोना संक्रमित मतदाताका लागि छुट्टै मतदान स्थलको व्यवस्था गरिएको छ ।
भोलि (बिहीबार)ज्येष्ठ ६ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष,  उपाध्यक्ष र नगरपालिकाका प्रमुख, उपप्रमुख मतदाता रहेको र उक्त निर्वाचनमा कोरोना संक्रमित भएका मतदाताहरूका लागि छुट्टाछुट्टै तीन वटा मतदान केन्द्रको व्यवस्था गरिएको हो ।
उपनिर्वाचनमा कोरोना सङ्क्रमितका लागि अलग्गै निर्वाचन स्थलको व्यवस्था गरिएको निर्वाचन आयोग बागमती प्रदेश कार्यालयले जानकारी दिएको छ ।
तीन वटा मतदान स्थल मध्ये केन्द्रको केन्द्र “क” मा कोरोना सङ्क्रमितहरूले मात्र मतदान गर्ने, केन्द्र “ख” मा स्थानीय तहका प्रमुख उपप्रमुखहरूले मतदान गर्ने र केन्द्र “ग” मा प्रदेश सभा सदस्यहरूलाई मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनमा १३ जना कोरोना संक्रमित मतदाता रहेको हुँदा उहाँहरूलाई छुट्टै मतदान स्थलको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button