तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा निजी क्षेत्रद्वारा आइसोलेसन सञ्चालनको तयारी

मकवानपुर । मकवानपुरमा निजी क्षेत्रले भोलि बिहीबारबाट चिकित्सकसहितको आइसोलेसन सञ्चालन गर्ने भएका छन् ।
मकवानपुर उद्योग वाणिज्य सङ्घको नेतृत्वमा निजी क्षेत्र र सामाजिक सङ्घ संस्थाहरूले भोलि बिहीबारबाट संयुक्त रुपमा आइसोलेसन सञ्चालन गर्ने भएका हुन् ।
जिल्लामा कोरोना सङ्क्रमितको दर बढ्दो रहेको र सङ्क्रमितहरूले अस्पतालमा स्थान नपाउने स्थितिलाई मध्यनजर गर्दै यहाँका निजी क्षेत्र र सामाजिक सङ्घ संस्थाहरूले आइसोलेसन केन्द्र सञ्चालन गर्न थालेका हुन ।
उद्योग वाणिज्य सङ्घमा आज बसेको बैठकले आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभयो ।
उद्योग वाणिज्य सङ्घको नेतृत्वमा निर्माण व्यवसायी सङ्घ, उपभोक्ता हित संरक्षण मञ्च, पुरानो नारायणी सङ्घ, सामुदायिक प्रहरी सेवा केन्द्र, नारायणी यातायात कम्पनी प्रा.ली, लायन्स क्लब, होटल एसोसिएसन, औषधी व्यवसायी सङ्घलगायतका सङ्घ संस्थाहरूले आइसोलेसन केन्द्र सञ्चालन गर्न लागेका हुन् ।
आइसोलेसनमा कोरोना सङ्क्रमितको लागि आवश्यक अक्सिजनको लागि सहारा ग्यासले समन्वय गर्ने भएको छ ।
जस अनुसार आजै सहारा ग्यासका अध्यक्ष शिव घिमिरेले सङ्घलाई २५ सिलिण्डर अक्सिजन उपलब्ध गराएको कटुवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button