तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँका ५ जना कोरोना सङ्क्रमितको मृत्यु, ५६ संक्रमित थपिए

symbolic picture
तनहुँ । तनहुँका ५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने ५६ संक्रमित थपिएका छन् ।
जिल्लाको भानु नगरपालिकाका २ जना, व्यास नगरपालिकाका १ जना,  शुक्लागण्डकी नगरपालिकाका १ जना र बन्दिपुर गाउँपालिकाका १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयले बुधवार सार्वजनिक गरेको विवरण अनुसार भानु–४ का ७१ वर्षीय कोरोना संक्रमित पुरुषको बुधवार चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । उहाँमा गत जेठ २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै भानु–१२ की ६५ वर्षीया कोरोना संक्रमित महिलाको गत वैशाख २३ गते चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । उहाँमा गत वैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै व्यास–१ का ४१ वर्षीय कोरोना संक्रमित पुरुषको गत वैशाख ३० गते चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । उहाँमा गत वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको छ ।
यसै गरी शुक्लागण्डकी–५ का ८१ वर्षीय कोरोना संक्रमित पुरुषको गत जेठ ३ गते जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको छ । उहाँमा गत जेठ ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै बन्दिपुर–२ का कोरोना संक्रमित पुरुषको गत वैशाख ११ गते भरतपुर अस्पताल चितवनमा उपचारका क्रममा मृत्यु भएको छ । उहाँमा गत वैशाख २ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै तनहुँका मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ५३ जना पुगेको छ ।
यसै गरी बुधवार जिल्लामा ५६ जना कोरोना संक्रमित संक्रमित थपिएका छन् । जसमा २१ जना महिला र ३५ जना पुरुष रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button