तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा सङ्क्रमण जित्नेको सङ्ख्या बढी

पाल्पा । पाल्पामा बुधवार थप १ सय ६ जनाले कोरोना सङ्क्रमण जितेका छन् ।
आज थप ८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । केही दिन यता जिल्लामा संङक्रमितभन्दा निको हुनेको सङ्ख्या कम थियो, भने बुधवार संङक्रमितभन्दा निको हुनेको सङ्ख्या बढी भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।
योसँगै पाल्पामा कोरोना संङक्रमण जित्नेको सङ्ख्या ३ हजार ३६ पुगेको छ ।
अहिले जिल्लामा १ हजार ५ सय ५३ जना सक्रिय सङक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button