तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीमा वैशाखमा मात्रै १० वटा बलात्कारको घटना 

सुनसरी । सुनसरीको विभिन्न स्थानमा वैशाखमा मात्रै १० वटा बलात्कारको घटना भएको छ । इनरुवा सहित १० स्थानमा १० वटा बलात्कारका घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जिल्लाको इनरुवा नगरपालिकामा १, इटहरीमा २, महेन्द्रनगरमा १ , धरान २ र देवनागञ्ज १ गरी वैशाखमा १० वटा बलात्कारका घटना भएको प्रहरीमा उजुरी परेको छ ।
सुनसरीमा बलात्कार पीडितमा एक जना ३० वर्ष उमेरकी विवाहित महिला छन् भने ९ जना २० वर्ष कम उमेर समूहका छन् ।
सुनसरीमा यही महिनामा २ वटा बहुविवाह, एउटा बालविवाह र एउटा गर्भपतन शीर्षकमा उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीको मासिक अपराध सूचकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button