तपाईँ सुन्दै हुनुहुन्छः

७ हजार ९ सय ८९ जना सङ्क्रमणमुक्त, २ सय ४६ जनाको मृत्यु

काठमाडौँ । आज देशभर ८ हजार १ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
२१ हजार १ सय ३९ नमुनाको पिसिआर परीक्षणबाट ८ हजार ६४ र ७ सय ८ नमुनाको एन्टीजेन परीक्षणबाट १ सय ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँमा १ हजार ९ सय ८६, ललितपुरमा २ सय ७० र भक्तपुरमा २ सय २८ सहित काठमाडौँ उपत्यकामा २ हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ४ लाख ८० हजार ४ सय १८ पुगेको छ ।
आज ७ हजार ९ सय ८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुने दर ७५ प्रतिशत रहेको छ ।
आज थप २ सय ४६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ । यो सँगै नेपालमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५ हजार ६ सय ५७ पुगेको छ ।
हाल देशभर १ लाख १४ हजार ३ सय ५८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार ६ सय १८ जना आइसियुमा र ३ सय ८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालये जनाएको छ ।
मन्त्रालयका अनुसार हाल ४३ जिल्लामा ५ सय भन्दा बढी र १४ जिल्लामा २ सय भन्दा बढी सङ्ख्यामा सक्रिय संक्रमित उपचाररत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button