तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा १० जनाको मृत्यु, ३ सय ९ जना नयाँ सङ्क्रमित फेला

भैरहवा । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको छुटेको समेत गरी जम्मा १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ९ जना नयाँ कोरोना सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देही जिल्लामा सबैभन्दा धेरै बुटवल उप–महानगरपालिकामा ५२ जना महिला, ५४ जना पुरुष सङ्क्रमित भएका छन् । सिद्धार्थनगर नगरपालिकामा १३ जना महिला र १४ जना पुरुष नयाँ सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क रहेको छ ।
त्यसैगरि तिलोत्तमा नगरपालिकामा ४४ जना महिला, ३९ जना पुरुष, सियारी गाउँपालिकामा २ महिला, ३ पुरुष थपिएका छन् भने देवदह नगरपालिकामा १३ महिला ९ पुरुष, गैँडहवा गाउँपालिकामा १ जना महिला, २ जना पुरुष मायादेवी गाउँपालिकामा १  जना महिला २ जना पुरुष सङ्क्रमित भएका छन् ।
सैनामैना नगरपालिकामा १० महिला १५ जना पुरुष सङ्क्रमित थपिएका छन् । ओमसतिया गाउँपालिकामा ६ महिला र ८ पुरुष सङ्क्रमित थपिएका छन् भने, कञ्चन गाउँपालिकामा २ महिला २ जना पुरुष सङ्क्रमित भएका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ जना महिला र १ जना पुरुष, रोहिणी गाउँपालिकामा २ जना महिला ३ जना पुरुष, सुद्धोधन गाउँपालिकामा ४ जना महिला र ५ पुरुष, कोटहीमाई गाउँपालिकामा १ जना महिला सङ्क्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
हाल सम्म रुपन्देही जिल्लामा १७ हजार ७ सय ५२ जना निको भई घर फर्केका छन् भने कुल मृत्यु हुनेको सङ्ख्या ३ सय ७७ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ८८ पुगेको  जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button