तपाईँ सुन्दै हुनुहुन्छः

माधव पक्षसहित अरू दलको समेत भोट पाउँछु : गृहमन्त्री थापा

मकवानपुर । गृहमन्त्री तथा राष्ट्रियसभा उपनिर्वाचनका उम्मेदवार रामबहादुर थापा “बादल” ले भोलि हुने उपनिर्वाचनमा आफूलाई नेकपा एमालेको माधव नेपाल पक्षका सबै सांसदले मतदान गर्ने सुनिश्चित भएको दाबी गर्नु भएको छ ।
उपनिर्वाचनका लागि आज हेटौँडा आउनुभएका गृहमन्त्री थापाले हेटौँडामा पत्रकारहरूसँग कुराकानी गर्दै माधव नेपाल पक्षका प्रदेससभाका सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिहरुले मतदान गर्ने सुनिश्चितता रहेको बताउनुभएको हो ।
पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले नेकपा एमालेको आधिकारिक उम्मेदवार भएकाले आफूलाई मतदान गर्नेमा कुनै शङ्का नै नरहेको उहाँले बताउनुभयो । गृहमन्त्री थापाले भन्नुभयो– “एउटै पार्टीबाट चुनाव लड्ने अनि मतदान नगर्ने भन्ने कुरा नै हुँदैन कसै प्रति मेरो शङ्का छैन ।” गृहमन्त्री थापाले नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसका जनप्रतिनिधिहरुले पनि आफूलाई मतदान गर्ने आश्वासन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस र माओवादीको आधिकारिक उम्मेदवार छैनन् । साझा उम्मेदवार भएकाले कांग्रेस र माओवादीभित्रै पनि विवाद छ । त्यहाँबाट पनि मलाई मत आउने निश्चित छ ।’
उपनिर्वाचनमा उहाँको प्रतिस्पर्धीको रुपमा नेपाली कांग्रेस, माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीको तर्फबाट डाक्टर खिमलाल देवकोटा रहनुभएको छ । भोलि जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा बागमती प्रदेश अन्तर्गत एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको उहाँ निर्वाचनका लागि आज हेटौँडा आउनुभएको हो । उहाँसँगै एमाले नेताहरू कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, कृष्ण राई लगायतका नेताहरू समेत हेटौँडा आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button