तपाईँ सुन्दै हुनुहुन्छः

पोखरीमा डुबेर दुई जनाको मृत्यु 

File photo
सप्तरी । सप्तरीकोमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका–९ स्थित विष्णु मन्दिर टोल नजिक रहेको पोखरीमा डुबेर  सोही ठाउँका इन्दल सरदारकी १२ वर्षीया छोरी रोशनी सरदार र रामकृष्ण सरदारकी २० वर्षीया छोरी कुन्ती सरदारको आज मृत्यु भएको पीडित परिवारले जनाएको छ ।
दुवै जना पोखरीमा नुहाउन गएको बेला डुबेर मृत्यु भएको स्थानीयले बताएका छन् । उनीहरूको शव पोष्टमार्टमका लागि राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button