तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा कोभिड–१९ बाट एकै दिनमा चार हजार ५२९ जनाको मृत्यु

file photio
काठमाडौँ । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठुलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप ४ हजार ५२९ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मङ्गलवार त्यहाँ २ लाख ६७ हजार ३३४ जना थप सङ्क्रमित थपिएका छन् ।  गएको  केही दिनयता भारतमा कोरोना सङ्क्रमितको सङ्ख्यामा केही कमी आएको भएयता पनि सोमबारको तुलनामा मङ्गलवार केही बढी सङ्क्रमित भएका छन् ।
भारतमा सोमबार कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख ६३ हजार जना मात्र थियो भने मङ्गलवार पुनः २ लाख ६७ हजार ३३४ जना थप सङ्क्रमित भएका छन् ।  गत सोमबार कोरोना सङ्क्रमितको यो सङ्ख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलवार जनाएको थियो ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई लाख ६७ हजार ३३४ जना नयाँ संक्रमित भेटिएका हुन् ।अप्रिल महिनाको तुलनामा हरेक दिन सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको देखिएको हो । अघिल्लो महिना यहाँ दैनिक कम्तीमा पनि ४ लाख मानिसमा संक्रमण देखिने गरेको थियो ।
मन्त्रालयले बुधवार सार्वजनिक भएको यो तथ्यांकसँगै भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म २ लाख ८३ हजार २४८ जनाको ज्यान गएको पनि बताइएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या दुई करोड ५४ लाख ९६ हजार ३३० पुगेको छ ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो । सो समयबाट हालसम्म भारतमा १८ करोड ५८ लाख ९ हजार भन्दा बढी खोप लगाइसकेका छन् ।
मङ्गलवार एकै दिनमा भारतमा १३ लाख १२ हजार १५५ जनालाई कोरोनाविरुद्धको खोप लगाएका सरकारी स्रोतले जानकारी दिएको छ ।
 भारतमा सङ्क्रमित व्यक्तिको सङ्ख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन भने नगर्ने जनाएको छ । तर कतिपय शहरमा भने लगाइएको छ ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button