तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क कोरोनाको उपचार गर्ने ३० अस्पताल

File Photo
काठमाडौँ । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै सात प्रदेशका ३० वटा अस्पताल तथा मेडिकल कलेजसँग कोरोना सङ्क्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको जनाएको छ ।
मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरूले सङ्क्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनु पर्नेछ र सो बापत मन्त्रालयले अस्पतालहरूलाई शोधभर्ना गर्ने जनाएको छ।
निःशुल्क कोरोनाको उपचार गर्ने ३० अस्पतालको नाम यस प्रकार छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button