तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोनाबाट थप १० जनाको मृत्यु

नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ९ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँके र बर्दियाका ४/४ जना तथा दाङ र कैलालीका १/१ जना छन् ।

जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत डुडुवा ५ बाँकेकी २८ वर्षीया महिला, खजुरा ३ बाँकेका ८५ वर्षीय पुरुष, बाँसगढी ४ बर्दियाका ४२ वर्षीय पुरुष, तुलसीपुर ३ दाङका ६५ वर्षीय पुरुष, बढैयाताल ८ बर्दियाका ४५ वर्षीय पुरुष, घोडाघोडी ४ कैलालीका ४५ वर्षीय पुरुष, गुलरिया ४ बर्दियाकी ६१ वर्षीया महिला, जानकी ३ बाँकेकी ४४ वर्षीया महिला र बढैयाताल ५ बर्दियाका ४० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत राप्तीसोनारी ६ बाँकेका ५४ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट बाँकेका २५७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २१५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button