तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीका सम्पूर्ण बैंक तथा बित्तिय संस्थाहरु एक हप्ताका लागि बन्द

सप्तरी। सप्तरी जिल्लामा आज देखि एक साताका लागि सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरूले दिने सेवाहरू बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा जारी गरिएको सूचना अनुसार कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला भरी सञ्चालित सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरूले अत्यावश्यक ,औषधी उपचार, स्वास्थ्य सामाग्री र काजक्रिया आदी बाहेक अन्य बैंकिङ्ग सेवाहरू आज देखि १२ गते बुधवार सम्म एक साता बन्द गरिने भएको छ ।

प्रशासनले बैङ्क तथा वित्तीय संस्थालाई सम्पर्क व्यक्ति र सम्पर्क नम्बर सम्बन्धी सूचना जारी गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button