तपाईँ सुन्दै हुनुहुन्छः

झापाको दमकमा सङ्घ–संस्थाको पहलमा थप २५ शय्याको कोभिड अस्पताल सञ्चालन गरिने

झापा । झापाको दमक नगरपालिकामा थप २५ शय्याको कोभिड–१९ अस्पताल सञ्चालन गरिने भएको छ ।

दमक २ वेलडागी स्थित नगरपालिकाले सञ्चालन गरेको कोभिड अस्पताल नजिकै रहेको भवनमा दमक उद्योग वाणिज्य सङ्घ र लायन्स क्लब अफ दमकको पहलमा दुई दिन भित्रमा २५ शय्याको कोभिड उपचार केन्द्र सचालन गर्न निर्माण कार्य सुरु गरिएको लायन्स क्लब अफ दमक लखनपुरका अध्यक्ष हेमसागर अधिकारीले जानकारी दिनुभयो ।

दमकमा यस अघि दमक कोभिड अस्पतालको ३० बेड, एड्भान्स अस्पतालको २५ बेड, लाइफ लाइन अस्पतालको ३० बेड, आम्दा अस्पतालको ३४ बेड र निन्म्स अस्पतालको १४ गरी कोभिड उपचारका लागि १ सय ३३ बेड सञ्चालनमा रहेका थिए ।धमाधम निर्माण हुँदै गरेको कोभिड उपचार केन्द्रलाई दमक स्थित सुन चाँदी व्यवसायी सङ्घ, होलसेल व्यवसायी सङ्घ लगायत सस्थाले पनि सहयोग गरेका छन् ।

बेलडागीमा भुटानी शरणार्थी रहेका बेला शरणार्थी सम्बन्धी काम गर्ने सस्थाले ग्यारेजको रूपमा प्रयोग गरेको उक्त भवनलाई दमक नगरपालिकाले गत वर्ष क्वारेनटाइन बनाउन एघार लाख बढी खर्चेर पुन निर्माण गरे पनि सञ्चालनमा ल्याउन सकेको थिएन । दमकका सङ्घ संस्थाको सहयोगमा दमक नगरपालिकाले नै यसलाई सञ्चालन गर्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button