तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट सल्यानमा थप तीन जनाको मृत्यु

सल्यान । कोरोनाबाट सल्यानमा थप तीन जनाको मृत्यु भएको छ । बुधवार राती दुई जनाको सल्यान जिल्ला अस्पतालमा र एक जनाको थप उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा बागचौर नगरपालिका २ का ६० वर्षीय पुरुष, शारदा नगरपालिकाका ४ का ६४ वर्षीय पुरुष रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए । यस्तै बिहीबार बिहान थप उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बागचौर नगरपालिका वडा न १ का ५७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यससँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button