तपाईँ सुन्दै हुनुहुन्छः

गोली प्रहारबाट २ जना घाइते, शङ्कास्पद ७ जना प्रहरीको नियन्त्रणमा

कपिलवस्तु।कपिलवस्तु नगरपालिका(३ सडवास्थित सडकमा अपरिचित व्यक्तिहरूको गोली प्रहारबाट कपिलवस्तु नगरपालिका(१ बस्ने ३४ वर्षीय दिपक पाण्डे र भारत सिद्धार्थनगर ग्राम चेतरी बजार बस्ने २६ वर्षीय ईयाज अख्तर मुसलमान बुधवार राति घाइते भएका छन् ।

लु९ प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैया खोलाबाट तौलिहवातर्फ आउँदै गरेका उनीहरूलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूले गोली प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घाइते ईयाजलाई उपचारका लागि लागि जिल्ला अस्पताल तौलिहवा र दिपकलाई भैरहवा मेडिकल कलेज पठाएको छ । घटनास्थलबाट १ थान खोका, १ राउण्ड लाईभ बुलेट र १ थान चप्पल प्रहरीले बरामद गरेको छ ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा कपिलवस्तु नगरपालिका(१ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउ सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button