तपाईँ सुन्दै हुनुहुन्छः

तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

काठमाडौं।चन्द्रागिरि नगरपालिका(११ सतुंगलस्थित चन्द्रागिरि पार्टी प्यालेसमा तास खेलिरहेको अवस्थामा सोही पार्टी प्यालेसका सञ्चालक सोही ठाउँ बस्ने ५४ वर्षीय राजु श्रेष्ठ लगायत ७ जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त पार्टी प्यालेसमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ७ सय ७५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button