तपाईँ सुन्दै हुनुहुन्छः

बारीमा गाडेको अवस्थामा शव फेला

काभ्रेपलान्चोक।चौरीदेउराली गाउँपालिका(७ गोठपानी बस्ने २२ वर्षीया सुमिना गुरुङको आफ्नै घरदेखि करिब १ सय मिटर टाढा बारीमा गाडेको अवस्थामा बुधवार दिउँसो शव फेला परेको छ ।

उनको हत्या गरी बारीमा शव गाडेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि उनकै श्रीमान् २८ वर्षीय सोनाम लामा र सोनामका बुबा ६६ वर्षीय चन्द्र बहादुर लामालाई नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button