तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली र बेलायती राजदूतबीच शिष्टाचार भेट

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ ।

उहाँले प्रधानमन्त्री ओलीलाई आज सिंहदरबारस्थित कार्यकक्षमा भेट गर्नुभएको हो ।भेटमा दुई देशबीचको आपसी सम्बन्ध, मुख्यतः कोभिड-१९ विरुद्धको लडाइँमा परस्पर सहयोगको आदानप्रदान बारेमा छलफल भएको थियो ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले बेलायतले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । साथै, उहाँले नेपाली जनताको लागि कोरोना खोप उपलब्ध गराउनसमेत अनुरोध गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button