तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरस सङ्क्रमणका कारण महाकाली अस्पतालमा थप ३ जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महाकाली अस्पतालमा कोरोनाका कारण आज थप तीन जना पुरुषको मृत्यु भएको छ भने ७ जनाले कोरोना जितेर घर फर्केका छन् ।
मृत्यु हुनेमा भीमदत्त नगरपालिका १८ का ६० र ६६ वर्षीया पुरुष, भीमदत्त नगरपालिका ११ का ५० वर्षीया पुरुष रहेका अस्पतालका सूचना अधिकृत नारद प्रसाद भट्टले बताउनु भएको छ  ।
त्यसै गरी महाकाली अस्पतालमा पछिल्लो पटक ९६ जनामा गरिएको पिसिआर परीक्षणमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको सूचना अधिकृत भट्टले बताउनु भएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button