तपाईँ सुन्दै हुनुहुन्छः

अक्सिजन प्लान्ट भनी अक्सिजन कन्सन्ट्रेटर जडान भएपछि अस्पतालको अनुगमन 

सल्यान । सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट भनी अक्सिजन कन्सन्ट्रेटर जडान भएको विषयमा कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण भएको छ ।
स्वास्थ्य सामाग्री खरिदमा व्यापक घोटाला भएको भन्दै उजुरी परे पनि  कर्णाली प्रदेश सुर्खेतबाट प्रदेशस्तरीय टोलीले अस्पतालको अनुगमन गरेको छ ।
अक्सिजन प्लान्ट भनी अक्सिजन कन्सन्ट्रेटर जडान भएपछि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा शाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीको नेतृत्वमा आएको टोलीले अनुगमन गरेको हो ।
अनुगमनपछि पत्रकारहरूसँग कुराकानी गर्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा शाखा प्रमुख डा.तिवारीले टिममा बायो मेडिकल इन्जिनियर पनि रहेको बताउनुभयो ।
उहाँले अस्पतालमा जडान गरिएको मेसिनका बारेमा तीन दिन भित्रमै सामाजिक विकास मन्त्रालयमा अनुगमन प्रतिवेदन पेस गर्ने जानकारी दिनुभयो ।
“प्राविधिक विषयमा अहिले नै केही भन्न मिल्दैन उहाँले भन्ननुभयोे, ‘सबै कुरा प्रतिवेदनमा समावेश गरिनेछ ।”
स्वास्थ्य सेवा कार्यालय सल्यानले गत पुस १३ गते अक्सिजन प्लान्ट जडानका लागि गरेको टेन्डर अनुसार ड्रयागन मेडिटेक प्रालि सुर्खेतले अक्सिजन कन्सन्ट्रेटर शनिबार जडान गरेको थियो ।
प्रदेश सरकारले विनियोजन गरेको ५८ लाख रकम मध्येबाट ४० लाखको अक्सिजन प्लान्ट जडान गर्ने र १८ लाखको पाइपलाइन जडान गर्ने कार्यक्रम रहेको थियो ।
करिब ४० लाख बजेटको अक्सिजन प्लान्टका नाममा करिब ३ लाख रकम मात्राको अक्सिजन कन्सन्ट्रेटर जडान गरी  झन्डै ३६ लाख आर्थिक अनियमितता गर्न खोजेको भन्दै आलोचना भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button