तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा थप ८२  जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । बीरगंज लगायत बारा, पर्सा रौतहटमा केही दिन यता कोरोना भाइरसका सङ्क्रमित थपिने दर लगातार घट्दै गएको छ ।
२०७७ चैतको अन्तिम सातादेखि कोरोना सङ्क्रमणको कारण प्रभावित भएको बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरूमा जेठको पहिलो सातासँगै संक्रमण दर ओरालो लाग्ने क्रम सुरु भएको छ ।
बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा थप ८२  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२ सय ८८ जनाको पिसीआर परीक्षणको क्रममा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा ५६ जना पुरुष र २६ जना महिला रहेका छन् ।
संक्रमित मध्ये ४३ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका २२ जना, रौतहटका ७ जना, सर्लाहीका ७ जना, धनुषा, महोत्तरी र सप्तरीका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको ड.दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह १७ वर्षदेखि ७० वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १४ देखी ३५ दशमलव ४ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button