तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु 

बीरगंज । बीरगंजमा उपचारको क्रममा आज थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
बिरगंजस्थित नारायणी अस्पतालमा उपचाररत सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नम्बर ५ निवासी ५५ वर्षीय पुरुषको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
जेठ २ गते संक्रमित भई नारायणी अस्पतालमा उपचारार्थ भर्ना भएका ५५ वर्षीय पुरुषका आज बिहान उच्च निमोनियाको कारण मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
यस्तै नारायणी अस्पतालमा उपचाररत रौतहटको गौर नगरपालिका वडा नम्बर ९ निवासी ४२ बर्षीया महिलाको आज बिहान १०ः३० बजे उपचारको क्रममा मृत्यु भएको डा.दासले बताउनुभयो ।
यसै गरी आज ११ः०० बजे नारायणी अस्पतालमा सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १० निवासी ३१ बर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
वैशाख २५ गते उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा आज मृत्यु भएको डा.दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button