तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा जेठ १५ गतेसम्म निषेधाज्ञाको थप

कञ्चनपुर । विश्वभर फैलिँदै गइरहेको नयाँ भेरिअन्ट सहितको कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कञ्चनपुर जिल्लामा यही वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको समय पुनः थप गरी जेठ १५ गतेसम्म कायम गरिएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधवार बसेको बैठकबाट भएको निर्णय र सिफारिस बमोजिम यही जेठ १५ गतेसम्म निषेधाज्ञाको समय थप गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button