तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा १ सय ७५ जना कोरोना सङ्क्रमित थपिए 

पाल्पा । पाल्पामा बिहीबार १ सय ७५ जना कोरोना सङ्क्रमित थपिएका छन् । भने थप १ सय १० जना निको भएका छन् ।
संक्रमित हुनेहरुमम ९० जना पुरुष र ८५ जना महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा आएको नतिजासँगै पाल्पामा थप १ सय ७५ जना कोरोना सङ्क्रमित भएका हुन ।
त्यस्तै आज थप १ सय १० जना कोरोना सङ्क्रमित निको भएका छन् । जिल्लामा हाल १ हजार ६ सय १६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
जिल्लामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ७१ पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button