तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका मन्त्री लम्सालद्वारा पदभार ग्रहण

पोखरा । गण्डकी प्रदेशका मन्त्री विकास लम्सालले पदभार ग्रहण गर्नुभएको छ । बुधवार विना विभागीय मन्त्रीका रुपमा शपथ  लिनु भएका मन्त्री लम्सालको हिजै साँझ मन्त्रालयको टुङ्गो लागेको थियो ।
उहाँले पुरानै मन्त्रालय पर्यटन, उद्योग, वाणिज्य तथा वाणिज्य आपूर्ति, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । आज उहाँले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । मन्त्रालयमा आयोजित एक समारोहका बिच पदभार ग्रहण गर्दै उहाँले जनताले अनुभूति गर्ने किसिमको सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।
कोरोना महामारीले विश्व आक्रान्त बनाइरहेको वर्तमान परिपेक्षमा स्वास्थ्य मापदण्ड पालना गर्दै चालू आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनमा उच्च प्रगति हासिल गर्ने तर्पm सरकार क्रियाशील बन्ने उहाँले बताउनुभयो ।
आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेट तर्जुमाको चरणमा रहेको हुँनाले जिल्लाका सन्तुलन , रोजगारी सिर्जना, कोरोनाबाट प्रभावितलाई राहत हुने प्राकृतिक प्रकोप न्यूनीकरण र आर्थिक सम्वृद्धिमा योगदान हुने खालका कार्यक्रम समावेश गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
युवा, विपन्न, बेरोजगार, कोरोना प्रभावित एवम् सामाजिक आर्थिक रुपमा पछाडि परेका वर्ग तथा क्षेत्रको उद्यमशीलता विकासका लागि व्यावसायिक, सिपमूलक र रोजगारमूलक तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिँदै उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणमा टेवा पुर्‍याइने उहाँले बताउनुभयो ।
प्रदेश सरकारले यसअघि राखेका योजना तथा लक्ष्यहरूलाई प्राथमिकताका साथ अघि बढाउने बताउँदै मन्त्री लम्सालले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो । मन्त्रालय पुग्दा कर्मचारीले उहाँलाई फूलमालाले स्वागत गरेका थिए ।
पद बहाली गर्दै उहाँले प्रकृतिमा आधारित समाधान मार्फत वर्षाको पानीलाई सञ्चय गरी ग्राउन्ड रिचार्ज बढाउन, जीविकोपार्जनमा सहयोग पुर्‍याउने, वन डढेलो नियन्त्रण गर्न, पानीको अभावमा हुने मानव, वन्यजन्तु द्वन्दलाई न्यूनीकरण गर्न, भू–संरक्षण मार्फत जमिनको उत्पादन र उत्पादकत्व बढाउन तथा नेपाली समाजलाई जलवायु अनुकूलित बनाउनका लागि गण्डकी प्रदेशमा “एक सामुदायिक वन एक पोखरी”, “एक वडा एक बनबाटिका” र “एक स्थानीय त एक हरित उद्यान” निर्माणलाई अभियानको रुपमा लैजाने फाइल सदर गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button