तपाईँ सुन्दै हुनुहुन्छः

स्कारपियो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु

सुनसरी ।  मोरङको पथरीशनिश्चरे नगरपालिका–२ पूर्व–पश्चिम राजमार्गमा बुधवार राती दुर्घटनामा परी दुई जनाको घटनास्थलमा मृत्यु भएको छ ।
दुर्घटनामा परी झापाको झापा गाउँपालिका–६ शरणमतीका ६० वर्षीय लक्ष्मी भन्ने लिलानाथ पौडेल र मोरङको रंगेली नगरपालिका– ३ रन्जीका ७६ वर्षीय विष्णुमाया सिवाकोटीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
पथरीको जय चौकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको मे१च १८५१ नम्बरको स्कारपियोलाई सोही दिशातर्फ जाँदै गरेको ना २ ख ९४७३ नम्बरको मालवाहक सवारीले ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।
मालवाहक सवारी साधनको ठक्करबाट स्कारपियोमा सवार दुई जनाको घटनास्थलमा मृत्यु भएको थियो भने तीन जना गम्भीर घाइते भएको डिएसपी राईले जानकारी दिनुभयो ।
घाइते हुनेहरूमा  झापा बिर्तामोड नगरपालिका–२ चारपानेका ३३ वर्षीय विकास उप्रेती, सोही ठाउँका ४५ वर्षीय बिनिता पौडेल र हल्दीवारी गाउँपालिका–५ का २५ वर्षीय रोशन उप्रेती रहेको चोट पटक लागेको कारण विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय पथरीको टोलीले फरार भएका चालकलाई बिहीबार बिहान पक्राउ गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button