तपाईँ सुन्दै हुनुहुन्छः

थप ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि

File Photo
काठमाडौँ । आज देशभर ८ हजार ३ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
२१ हजार ६ सय ९५ नमुनाको  पीसीआर परीक्षण गर्दा ८ हजार २ सय २७ जना र ३ सय ९२ वटा नमुनाको ऐन्टीजेन परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँमा २ हजार ६ सय , ललितपुरमा ४ सय ३ र भक्तपुरमा २ सय २९ सहित काठमाडौँ उपत्यकामा ३ हजार २ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको छ ।
आज ६ हजार ५ सय ४३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुने दर ७५ दशमलव १ प्रतिशत रहेको छ ।
आज थप १ सय ९० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५ हजार ८ सय ४७ पुगेको छ ।
हाल देशभर १ लाख १५ हजार ८ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार ७ सय ४८ जना आइसियुमा र ४ सय ९२ जनाको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालये जनाएको छ ।
मन्त्रालयका अनुसार हाल ४४ जिल्लामा ५ सय भन्दा बढी र १४ जिल्लामा २ सय भन्दा बढी सङ्ख्यामा सक्रिय संक्रमित उपचाररत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button