तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड संक्रमित अवधी पत्रकारलाई विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क सेवा दिइने

     
बाँके । बाँके जिल्लामा कोरोना संक्रमित अवधी भाषी पत्रकारहरूका लागि विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ । अवधी पत्रकार सङ्घ नेपाल केन्द्रीय कार्यसमितिले कोरोना अवधिभरका लागि नेपाल चिकित्सक सङ्घ भेरीका अध्यक्ष एवम् नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डा. विनोद कर्णलाई स्वास्थ्य परामर्शदाताको रुपमा नियुक्त गरेको हो ।
डा. कर्णले होम आइसोलेसनमा बसेका पत्रकारहरूको घरमै आफु लगायत थप विशेषज्ञ डाक्टरको टोली पुगेर स्वास्थ्य उपचार गर्नु हुनेछ । ‘अवधी भाषी पत्रकारहरूलाई कोरोना लागेर बिरामी भएमा सङ्घद्वारा डा.कर्णसहितको चिकित्सक टोलीलाई साथमा लिएर घरमै गई स्वास्थ्य चेकजाँच गराइनेछ’,संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्रले भन्नुभयो ।
डा. कर्णले औषधी उपचार तथा विभिन्न जाँचहरू गराउनु हुने र गम्भीर स्वास्थ्य अवस्था देखिएमा अस्पतालमा भर्नाका लागि रिफर गर्नु हुनेछ ।’ देशका अन्य जिल्लाका अवधी भाषी पत्रकारहरू कोभिड संक्रमित तथा बिरामी पर्दा उपचारमा कुनै समस्या भएमा जिल्ला शाखामार्फत जानकारी गराएर सम्बन्धित जिल्लामा रहेका विशेषज्ञ डाक्टरको व्यवस्था गरिनेछ छ भने आकस्मिक अवस्थामा फोनबाट समेत परामर्श दिइने व्यवस्था मिलाइएको संघका केन्द्रीय अध्यक्ष मिश्रले बताउनुभयो ।
अवधी पत्रकार सङ्घ बाँके शाखाका सहसचिव रईस शाहीको कोरोना सङ्क्रमणले निधन भई सकेको छ भने अन्य केही पत्रकारहरू होम आइसोलेसनमा रहेका छन् । मृतक पत्रकार शाहीका परिवारलाई सरकारद्वारा सहयोग उपलब्ध गराउन समेत सङ्घले जोडदार माग गरेको छ । यसका साथै कोरोना सङ्क्रमणको लक्षण देखिएमा वा संक्रमित भएर उपचार गराउन कुनै समस्या भएमा सङ्घको हटलाइन नंं ९८५८०२४११९, ९८४८०२५००६ र ९८४८०२३५३४ मा सिधै कल गर्न पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button