तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा २४ घण्टामा ५ सङ्क्रमितको  मृत्यु 

symbolic picture
सल्यान । सल्यानमा २४ घण्टामा थप ५ कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानमा अनुसार कपुरकोट गाउँपालिकाका २, बागचौर नगरपालिकाका २ र शारदा नगरपालिकाका १ जनाको मृत्यु भएको छ ।
कपुरकोट गाउँपालिका वडा न ३ का ६८ र ७० वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको कपुरकोट गाउँपालिकाका कोरोना फोकल पर्सन देवेन्द्र कुमार सेनले जानकारी दिनुभयो । कोरोना भाइरस पुष्टि भएपछि दुवै होम आइसोलेसनमा बस्दै आइरहेका थिए ।
यस्तै बागचौर नगरपालिका २ का ६० वर्षीय पुरुष र  शारदा नगरपालिकाका ४ का ६४ वर्षीय पुरुषको सल्यान जिल्ला अस्पतालमा गएराती मृत्यु भएको  स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिनुभयो ।
बागचौर नगरपालिका वडा न १ का ५७ वर्षीय पुरुषको बिहीबार बिहान थप उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । सल्यानमा पहिलो पटक यति धेरै सङ्ख्यामा सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाबाट जिल्लामा हालसम्म ३२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button