तपाईँ सुन्दै हुनुहुन्छः

अवैध सामान बरामद 

कञ्चनपुर । कञ्चनपुर प्रहरीले भारतीय सीमा क्षेत्रबाट भन्सार छली अवैध रूपमा ल्याइएका विभिन्न मालसामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले  कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगर र दोधारा चाँदनी नगरपालिका वडा नम्बर ३ पुर्णागिरीघाटबाट मलखाद, छाता, बिडी, मिठाई, सुर्ती र विभिन्न किसिमका औषधी गरी अन्दाजी रु. १ लाख ७२ हजार २ सय २० मूल्य बराबरका मालसामान बरामद गरेको हो ।
बेवारिसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरिएका ती मालसामान बिहीबार आवश्यक कारबाहीको लागी भन्सार कार्यालय पठाइएको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button